गृहमन्त्रीमा खगराज अधिकारीसहित नयाँ मन्त्री थप्दै प्रधानमन्त्री
- गाउँ सहर संवाददाता
- २७ जेठ बिहीबार, २०७८ | १२:०५:०० मा प्रकाशित
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।
खाली रहेका मन्त्रालयहरूमा प्रधानमन्त्री ओलीले बिहीबार सात मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्न लागेका हुन् । गृह, सञ्चार, कृषि, उद्योग, सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री ओलीले मन्त्री नियुक्त गर्न लागेका हुन् ।
स्रोतका अनुसार गृह मन्त्रीमा खगराज अधिकारी नियुक्त हुन लागेका छन् । नैनकला थापा- सन्चारमन्त्री, नारदमुनी राना- वनमन्त्री, ज्वालाकुमारी साह- कृषि मन्त्री, राजकिशोर यादव- उद्योग मन्त्री, गणेश पहाडी- सामान्य प्रशासन मन्त्री र मोहन वानियाँ- विनाविभागीय र आशा विक- वन राज्यमन्त्रीमा नियुक्त हुन लागेका छन् ।
नवनियुक्त मन्त्रीहरूले आजै साँझ सपथ लिने जनाएको छ ।
पछिल्लो पटक जेठ २१ गतेपनि प्रधानमन्त्री ओलीले जसपासमेतलाई समेटेर मन्त्रिमण्डल विस्तार गरेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
प्रतिकृया दिनुहोस