प्रदेश २ मा तिन मन्त्रीसहित काँग्रेस सरकारमा सहभागी, माओवादी रिसाएर गएन
- गाउँ सहर संवाददाता
- २६ जेठ बुधबार, २०७८ | २२:१३:०० मा प्रकाशित

काठमाडाैं । जसपा नेतृत्वको प्रदेश २ सरकारमा काँग्रेस सहभागी भएको छ । जसपासँग दुई बुँदे सहमति भएसँगै सरकारमा सहभागी भएका काँग्रेसका ३ मन्त्रीले बुधबार राति प्रदेश प्रमुख राजेश झा (अहिराज) बाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।
काँग्रेसबाट मन्त्री बन्नेमा रामसरोज यादव, ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह रहेका छन् । यादव भौतिक पूर्वाधार, शर्मा ऊर्जा तथा सिँचाइ र सिंह महिला तथा बालबालिका मन्त्री चयन भएका छन् ।
जसपाभित्रको विवादका कारण मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर पक्षका एक मन्त्री र ३ राज्यमन्त्रीलाई बर्खास्त गरेर काँग्रेससँग सहकार्यको हात बढाएका हुन् । जसपाले माओवादीलाई पनि सरकारमा सहभागी गराउन खोजेपनि मन्त्रालयमा भागबण्डा मिल्न नसकेपछि माओवादी तत्काल सरकारमा सहभागी नहुने बताएको छ ।
केन्द्रदेखि प्रदेशसम्म सुरुदेखि नै प्रतिपक्षमा बसेको काँग्रेस राजनीतिक समीकरण बदलिएसँगै सरकारमा सहभागी भएको हो । यसअघि कर्णाली प्रदेश सरकारमा सहभागी भएको काँग्रेस बुधबारदेखि प्रदेश २ सरकारमा पनि सहभागी भएको हो।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस