राजनीति

पार्टीकाे महाधिवेशन भाद्रमा हुन्छ, मापदण्ड अपनाएर काम गर्नुहाेस् : शेरबहादुर देउवा

काठमाडाैँ । नेपाली कांग्रेसले सरकार सजग र इमान्दार नहुँदा काेराेनाकाे विपत्त यहाँसम्म पूगेकाे बताएकाे छ ।

सभापति शेरबहादुर देउवाद्वारा जारी विज्ञप्तिमा महामारीमा ज्यान गुमाउनेप्रति श्रद्धान्जली अर्पण गर्दै पार्टीकाे महाधिवेशन भदाैमा हुने बताएका छन् ।

उनले भनेका छन्, "म देशभरिका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु— २०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ । म यसमा पूर्ण प्रतिवद्ध छु, मापदण्ड अपनाएर काम गर्नुस् ।"

गाउँ सहर संवाददाता