मेलम्ची प्राथमिक स्वास्थ्य चौकीलाई राणाद्वारा हाइड्रोजन अक्सीजन जेनेरेटर सहयाेग
- गाउँ सहर संवाददाता
- २३ जेठ आइतबार, २०७८ | १६:३९:०० मा प्रकाशित
सिन्धुपाल्चोक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति सम्शेर राणाले मेलम्ची प्राथमिक स्वास्थ्य चौकीलाई हाइड्रोजन अक्सीजन जेनेरेटर हस्तान्तरण गरेका छन् ।
‘कोभिड–१९ महामारीविरुद्ध अग्रमोर्चामा खटेर स्वास्थ्यकर्मीहरुले गर्नुभएको कार्य उल्लेखनीय रहेको नेपाली समाजले महसुस गरेकै यथार्थ हो । यसै सन्दर्भमा उपलब्ध उपकरणले रोगको उपचारमा सहयोग प्राप्त हुन्छ भन्ने आशा लिएको छु,’ अध्यक्ष राणाले जूम मिटिङको क्रममा आइतबार मेलम्ची स्वास्थ्य चौकीका डा. आशिष श्रेष्ठसँग कुराकानी गर्दै भने ।
नेबुलाइजर सहितको हाइड्रोजन अक्सीजन जेनेरेटरले विधुत आपूर्ति अवरोध नहुँदा २४ घण्टा सेवा प्रदान गर्नेछ । विद्युत नभएको अवस्थामा तीन घण्टा हाइड्रोजन, अक्सीजन उत्पादन गरी कोभिड विरामीलाई नियमित सेवा दिनेछ ।
स्वास्थ्य चौकीका अधिकारीहरुसँग काठमाडौंबाट कुराकानी गर्ने क्रममा अध्यक्ष राणाले जनताको हितमा निरन्तर सहयोग गर्दै जाने बताए ।
जेनेरेटर हस्तान्तरण कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्यहरु, जिल्ला समिति, क्षेत्रिय कार्य समितिका सदस्य लगायतको उपस्थिति रहेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
- गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बित
- नेप्से ५ अंकले घट्यो, सूचक घटे पनि लगानीकर्ताको उत्साह
- प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे यी ६ निर्माण कम्पनी
- २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेको रोशीमा
- अब कृषि विकास बैंकको स्मार्ट प्लस एपबाटै डिसहोमका सेवा नवीकरण गर्न सकिने
प्रतिकृया दिनुहोस