बच्चा लहरकाे काेराेना कहरः नेपालकाे अवस्था के छ ? हेर्नुहाेस् ३० दिनकाे तथ्यांकसहितकाे विवरण
- गाउँ सहर संवाददाता
- २३ जेठ आइतबार, २०७८ | १२:४८:०० मा प्रकाशित

काठमाडौँ । कोरोनाभाइरसको तेस्रो र चौथो लहर आउनसक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न अस्पतालहरूलाई २० प्रतिशत बेड र उपकरण छुट्याउन निर्देशन जारी गरिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई पत्राचार गरी बालबालिकाको उपचारमा प्रयोग हुने गरी अस्पतालका २० प्रतिशत बेड राख्न अनुरोध गरेको हो । अस्पतालहरूलाई उसले अक्सिजनको समेत व्यवस्थापन गर्न भनेको छ । यसै सन्दर्भमा विश्व स्वास्थ्य संगठनले पनि केहि समय अगाडिनै तयारीमा रहन अपिल गरिसकेको थियो ।
कोरोनाभाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा ६८* जनाको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ७ हजार ७९९ पुगेको छ । यो *मृत्यु नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुबै विधिबाट १६ हजार ८१४ को परीक्षण गरिएकोमा ५ हजार ४२ नयाँ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ५ लाख ८५ हजार १०० पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार २४३ जना निको भएका छन् । योसहित कुल निको हुनेको संख्या ४ लाख ८४ हजार ३७३ पुगेको छ । निको हुने दर ८२.८ प्रतिशत रहेको छ ।
कोभिड महमारीको तेस्रो र चौथो लहरले बालबालिका बढी संक्रमित हुन सक्ने भन्दै सबै सरकारी तथा निजी अस्पताललाई उर्दी जारी गरेसँगै सबैकाे मनमा एक प्रकारकाे थप चिन्ता थपिदिएकाे पनि छ । नयाँ भेरिअन्ट र बच्चाको जोखिमलाई लिएर सबै जुटेका छन् तर पूर्वाधार कम भएका तथा अल्पविकसित राष्ट्रको लागि काँडेतार बनेको अवस्था छ ।
यसै विषयलाई लिएर गाउँ सहर डट कमले नेपालको ३० दिनको कोरोना संक्रमण र त्यसमा पनि बच्चा र नव युवाको तथ्यांक संकलन गरेको छ । यसबाट नेपालमा बालबालिकाको संक्रमण र मृत्यु अनि थप तयारीको लागि सहयोग पुग्ने विश्वास लिएको छ ।
यस जानकारीमा नेपालकाे काेराेनाभाइरस तथ्यांक ३० दिन अर्थात एक महिनाकाेलाई आधार मानिएकाे छ । बैशाख २२ गतेदेखि जेठ २२ गतेसम्मकाे तथ्यांक यहाँ समेटिएकाे छ । यी समयमा ०-१० र ११-२० वर्षसम्मकाे संक्रमण र मृत्युलाई उल्लेख गरिएकाे छ ।
यसबीचमा ०-१० उमेर समूहका ५ हजार ६३९ बालबालिका काेराेनाबाट संक्रमित भएका छन् भने २८१ जनाकाे ज्यान गएकाे छ । यस्तै ११-२० उमेर समूहका १६ हजार ५ संक्रमित भएका छन् भने २८० जनाकाे मृत्यु भएकाे छ । यी दुइ उमेर समूहमा बालबालिकाकाे समूहनै बढी जाेखिममा देखाएकाे छ । किनकी संक्रमित थाेरै हुँदापनि मृतककाे संख्या अत्यन्तै बढी देखिएकाे छ ।
दैनिक काेराेना विवरण हेर्दापनि बालबालिका उमेर समूहमा कुनैपनि दिन १२५ भन्दा कम संक्रमित छैनन् र याे संख्या २४६ सम्म पुगेकाे छ । यसले बालबालिकामा उच्च जाेखिम र स्वास्थ्य उपकरणलगायतका सामग्रीकाे व्यापक तयारी गर्नुपर्ने देखिएकाे छ । किनकी याे समूहले राम्राेसँग बातचित गर्न सक्दैन र दुःख साझा गर्न सक्दैन । याे विषम अवस्था अन्दाज गरेर सबैले व्यापक तयारी गर्नुपर्ने देखिन्छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- हरियाली बाटाेमा शेयरबजार, लगानीकर्तामा थपियाे उत्साह
- साउने संक्रान्ति : लुतो फ्याँक्ने चलन, किन फालिन्छ लुतो नयाँ पुस्तालाई थाहै छैन्
- बिर्सनुभयाे कि -बीपी राजमार्गमा आजदेखि राति १२ घण्टा यातायात सञ्चालन नहुने
- आर्थिक वर्षकाे अन्तिम दिन नेप्से परिसूचक २८ सय नजिक, काराेबार रकममा वृद्धि
- बैंकहरूले साउन महिनाका लागि घटाए ब्याज दर, बैंकमा पैसा थुप्रियाे
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस