अर्थतन्त्र
सुनको मूल्य आइतबार तोलामा ७०० रुपैयाँले बढ्याे
- गाउँ सहर संवाददाता
- २३ जेठ आइतबार, २०७८ | ११:४०:०० मा प्रकाशित
काठमाडौं । साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ । गएको शुक्रबार तोलामा १५ सय रुपैयाँले गिरावट आएको सुनको मूल्य आइतबार तोलामा ७०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन साताको कारोबारको पहिलो दिन आइतबार बढेर ९४ हजार १०० रुपैयाँ पुगेको हो ।
यस्तै तेजाबी सुन तोलामा आइतबार ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १३४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर तोलामा १३५५ रुपैयाँमा कारोबार भएको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
प्रतिकृया दिनुहोस