कोरोना संक्रमित किशोरीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा इञ्जिनियर पक्राउ
- गाउँ सहर संवाददाता
- २२ जेठ शनिबार, २०७८ | १६:४९:०० मा प्रकाशित
रोल्पा । कोरोना संक्रमित किशोरीलाई जबरजस्ती करणी (बलात्कार) प्रयास गरेको आरोपमा रोल्पा प्रहरीले एक इञ्जिनियरलाई पक्राउ गरेको छ।
जिल्लाको रुन्टिगढी गाउँपालिकामा कार्यरत इञ्जिनियर ३६ वर्षीय शेषमणि पौडेल सोही गाउँपालिकामा घर भएकी २० वर्षीया किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका हुन्।
पीडित किशोरीले दिएको जाहेरीका आधारमा इञ्जिनियर पौडेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नवराज सुवेदीले जानकारी दिए।
पीडित किशोरी कोरोना संक्रमणपछि होम आइसोलेसनमा बस्दै आएकी थिइन्। घरभन्दा अलि टाढा (एकान्तस्थानमा) रहेको धारामा नुहाउने क्रममा बोतलमा पानी भर्ने बहानामा पुगेका पौडेलले आफूमाथि बलात्कार प्रयास गरेको पीडित किशोरीले प्रहरीलाई दिएको जाहेरीमा उल्लेख गरेकी छन्।
डीएसपी सुवेदीका अनुसार सार्वजनिक धारामा नुहाउँदै गरेको अवस्थामा इञ्जिनियर पौडेलले संवेदनशील अंगमा सुमसुम्याउँदै आफूमाथि बलात्कार प्रयास गरेको भनेर पीडित किशोरीले जाहेरीमा उल्लेख गरेकी छन्।
पीडित किशोरीको जाहेरीपछि पक्राउ परेका इञ्जिनियर पौडेल अहिले इलाका प्रहरी कार्यालय होलेरीको हिरासतमा रहेका जनाइएको छ। पौडेलमाथि जबरजस्ती करणी उद्योगको कसूरमा थप अनुसन्धान अगाडि बढाइएको डीएसपी सुवेदीले बताए।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस