कोरोना संक्रमित किशोरीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा इञ्जिनियर पक्राउ
- गाउँ सहर संवाददाता
- २२ जेठ शनिबार, २०७८ | १६:४९:०० मा प्रकाशित
रोल्पा । कोरोना संक्रमित किशोरीलाई जबरजस्ती करणी (बलात्कार) प्रयास गरेको आरोपमा रोल्पा प्रहरीले एक इञ्जिनियरलाई पक्राउ गरेको छ।
जिल्लाको रुन्टिगढी गाउँपालिकामा कार्यरत इञ्जिनियर ३६ वर्षीय शेषमणि पौडेल सोही गाउँपालिकामा घर भएकी २० वर्षीया किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका हुन्।
पीडित किशोरीले दिएको जाहेरीका आधारमा इञ्जिनियर पौडेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नवराज सुवेदीले जानकारी दिए।
पीडित किशोरी कोरोना संक्रमणपछि होम आइसोलेसनमा बस्दै आएकी थिइन्। घरभन्दा अलि टाढा (एकान्तस्थानमा) रहेको धारामा नुहाउने क्रममा बोतलमा पानी भर्ने बहानामा पुगेका पौडेलले आफूमाथि बलात्कार प्रयास गरेको पीडित किशोरीले प्रहरीलाई दिएको जाहेरीमा उल्लेख गरेकी छन्।
डीएसपी सुवेदीका अनुसार सार्वजनिक धारामा नुहाउँदै गरेको अवस्थामा इञ्जिनियर पौडेलले संवेदनशील अंगमा सुमसुम्याउँदै आफूमाथि बलात्कार प्रयास गरेको भनेर पीडित किशोरीले जाहेरीमा उल्लेख गरेकी छन्।
पीडित किशोरीको जाहेरीपछि पक्राउ परेका इञ्जिनियर पौडेल अहिले इलाका प्रहरी कार्यालय होलेरीको हिरासतमा रहेका जनाइएको छ। पौडेलमाथि जबरजस्ती करणी उद्योगको कसूरमा थप अनुसन्धान अगाडि बढाइएको डीएसपी सुवेदीले बताए।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस