विश्वभर कोरोनाभाइरसका दैनिक संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दै
- गाउँ सहर संवाददाता
- २२ जेठ शनिबार, २०७८ | ०७:५०:०० मा प्रकाशित

काठमाडौँ । विश्वभर कोरोनाभाइरसका दैनिक संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ । संक्रमण जित्नेको संख्या १५ करोड ६२ लाख ८३ हजार ६०३ पुगेको छ । कुल संक्रमितको आधारमा निको हुने दर ९०.१७ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा ४ लाख १६ हजार ७५३ जना संक्रमित भएका छन् । यही अविधमा संक्रमणमुक्त हुनेको संख्या ४ लाख ९३ हजार ८३१ छ ।
यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमितको संख्या १७ करोड ३३ लाख ११ हजार ८०१ पुगेको छ । सक्रिय संक्रिमतको संख्या १ करोड ३३ लाख १ हजार १२१ छ । यसमध्ये ८८ हजार १७२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
यस्तै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३७ लाख २७ हजार १७७ पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार २३७ जनाको मृत्यु भएको छ ।
कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा ६ लाख १२ हजार २४० जनाको मृत्यु भएको छ ।
यसैगरी ब्राजिलमा ४ लाख ७० हजार ९६८ जनाको मृत्यु भएको छ । दोस्रो लहरको अति प्रभावित मुलुक भारतमा ३ लाख ४४ हजार १०१ जनाको मृत्यु भएको छ ।
रूसमा १ लाख २३ हजार २३७ जना, बेलायतमा १ लाख २७ हजार ८२३ जना, फ्रान्समा १ लाख ९ हजार ९१६ जना, इटालीमा १ लाख २६ हजार ४१५ जनाको मृत्यु भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस