काेभिडबाट जाेगिन शेर्पा संघ बागमती प्रदेशकाे रणनीति तयार
- गाउँ सहर संवाददाता
- २१ जेठ शुक्रबार, २०७८ | २०:४६:०० मा प्रकाशित
..jpeg)
काठमाडाैं । नेपाल शेर्पा संघ बागमती प्रदेश समितिले काेभिड-१९ महामारी जाेखिमबाट कसरी जाेगिने भन्ने विषयमा छलफल गरेर रणनीति तयार गरेकाे छ ।
'वर्तमान अवस्था र हाम्राे भूमिका' विषयक भर्जुअल छलफलमा वर्तमान माहामारीसँगको लडाई, व्यवस्थापन एवं चुनौतीसँग जुध्न रणनीति तय गर्ने गरि सम्पन्न भएकाे छ ।
छलफलले महामारी व्यवस्थापन समन्वय समिति गठन गरी कार्यक्रम अगाडी पनि बढाइने निर्णय गरेकाे छ ।
कार्यक्रममा जिल्ला प्रतिनिधी, सल्लाहकार, स्थानीय प्रतिनिधी, प्रदेश कमिटी लगायत जनप्रतिनिधीहरु समेतको सहभागिता रहेको थियो ।
प्रदेश कमिटी अध्यक्ष आङ्छिरिङ शेर्पाले समन्वय गरेकाे कार्यक्रममा प्रतिनिधीहरुलगायत धेरै सहभागी भएपनि नेटवकको कारण कतिपय सदस्य तथा सुभेच्छुहरू सम्पर्क बाहिर रहेको संगठन विभाग प्रमुख तथा प्रदेश कमिटी सचिव दावा सङवु शेर्पाले बताए ।
छलफलमा उठेका विषयहरूकाे कार्यान्वयनमा ल्याउन सबैको सहकार्य अपरिहार्य भएको कुराम सबैकाे जाेड थियाे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस