गाउँ सहर
चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप काठमाडाैं आइपुग्यो
- गाउँ सहर संवाददाता
- १८ जेठ मंगलबार, २०७८ | १५:४४:०० मा प्रकाशित

काठमाडौं । नेपाल एयरलाइन्सको जहाज बेइजिङबाट भेरोसेल खोप लिएर काठमाडौं आइपुगेको छ ।
चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप लिएर एयरलाइन्सको जहाज काठमाडाैंमा अवतरण गरेकाे नेपाल वायुसेवा निगमका प्रमुख डिम पाैडेलले बताए ।
साे जहाज हिजो बेइजिङ गएको थियो । जेठ १२ गते राष्ट्रपति विद्यादेवि भण्डरीले गरेको आग्रहमा चिनियाँ राष्ट्रपति सि जिनपिङले ८ लाख खोप नेपाललाई अनुदानमा दिने घोषणाअनुसार सो खोप नेपालले ल्याएको हो ।
खोप ल्याएको उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । उक्त खोप चीनको सिनोफार्म कम्पनीले विकास गरेको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस