शेयरबजारमा दाेहाेराे अंककाे गिरावटसँगै काराेबार रकम पनि ह्वात्तै घट्याे
- गाउँ सहर संवाददाता
- १८ जेठ मंगलबार, २०७८ | १५:५३:०० मा प्रकाशित

काठमााडौं । साेमबार घटेकाे शेयरबजार मंगलबार पनि अधिकांश कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ । यसदिन नेप्से सूचकसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । सोमबार ४५ अंकको गिरावट आएको बजारमा मंगलबार पनि ११ अंकले घटेको छ ।
यस दिन नेप्से सूचक ११.६८ अंकले घटेर २७७१.१५ विन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ३.२३ अंकले घटेर ४९७.३२ विन्दुमा झरेको छ ।
आज १ करोड ९७ लाख ८३ हजार ३५४ कित्ता सेयर ८ अर्ब ५९ करोड ८१ लाख ६० हजार ११७ रुपैयाँमा कारोबार भएको छ । साेमबार १३ अर्ब ३६ करोड ७९ लाख ४१ हजार ९५६ रुपैयाँमा कारोबार भएको थियाे ।
६६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १४४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ । साथै ५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
यस दिन कालिका पावर कम्पनी, लुम्बिनी विकास बैंक, गोर्खाज फाइनान्स, समिट लघुवित्त, महालक्ष्मी विकास बैंक र नेपाल पुनर्बिमा कम्पनीको शेयरमूल्य बढेको छ भने दिब्यश्वरी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै घटेको । खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र आँखु खोला हाइड्रो लगायतकाे शेयरमूल्य घटेको छ ।
यस दिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ५७ करोड ८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
प्रतिकृया दिनुहोस