राजनीति

जसपाका महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन, यस्ताे छ पत्र

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीको कार्यकारिणी समितिको बैठकको निर्णयअनुसार ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गरेको हो ।

योसँगै वर्तमान सरकारमा सहभागि हुने या नहुने विषयलाई लिएर दुई धार देखिएको जसपा विभाजनको सङ्घारमा पुगेको छ । जसपाले पाँच दिन अघि ती नेताहरुलाई स्पष्टीकरण सोधेको थियो ।

यादव पक्षले कारबाहीबारे निर्वाचन आयोगलाई पनि जानकारी गराइसकेको छ ।

गाउँ सहर संवाददाता