अर्थतन्त्र

प्राईम कर्मसियल बैंक संचालक समितिको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठलाई नै निरन्तरता

काठमाडौं । प्राईम कमर्सियल बैंककाे सञ्चालक समितिको बैठकले सञ्चालक समितिको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठलाई नै निरन्तरता दिने भएको छ ।

श्रेष्ठको दुई बर्षे पदावधी सकिएपछि शुक्रबार बसेको सञ्चालक समितिको बैठकले पुनः अध्यक्षमा निरन्तरता दिएको हो ।

२०७६ जेठमा संचालक समितिको अध्यक्षमा चयन भएका श्रेष्ठको दुई वर्षे कार्यकाल यही जेठमा समापन भएको थियो ।

सञ्चालक समिति सदस्यको पदावधी रहदा सम्मका लागि श्रेष्ठ नै सञ्चालक समितिको अध्यक्ष कायम रहने गरी निर्णय गरेको बैंकले जनाएकाे छ ।

गाउँ सहर संवाददाता