प्रतिनिधि सभा विघटनका मुद्दाकाे पेसी मंगलबार, संवैधानिक इजलासका न्यायाधीश श्रेष्ठ र केसीबारे निर्णय भोलि
- गाउँ सहर संवाददाता
- १६ जेठ आइतबार, २०७८ | १७:२४:०० मा प्रकाशित
काठमाडाैं । प्रतिनिधि सभा विघटनबारे परेका मुद्दा मंगलबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । आइतबारको बहसमा ती मुद्दाहरूको प्रथम सुनुवाइ नसकिएकाले मंगलबार फेरि सुनुवाइ हुने भएको हो ।
आइतबारको बहसमा कांग्रेस सभापति शेरबहादुर देउवा तथा १ सय ४६ रीट निवेदक सांसद्का तर्फबाट बहस गरेका वकिलहरूले संवैधानिक इजलासको गठनमाथि प्रश्न उठाएका थिए ।
वरिष्ठ अधिवक्ता शम्भु थापा र गोविन्द बन्दीलगायत वकिलहरूले इजलासमा न्यायाधीशहरु बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई राखिएकोमा प्रश्न उठाएका थिए । उनीहरुकले अहिलेको राजनीतिक परिस्थिति उत्पन्न हुनुमा नेकपा विभाजन गर्ने सर्वोच्चको फैसलालाई कारण भन्दै श्रेष्ठले त्यो आदेश गरेको र केसीले त्यसमाथि पुनरावलोकन दिन अस्वीकार गरेको भन्दै यी दुई न्यायाधीशलाई प्रतिनिधिसभा विघटन मुद्दाको इजलासलमा राख्न नमिल्ने तर्क गरेका थिए ।
आजको इजलासमा रिट निवेदकका अधिवक्ताले संवैधानिक इजलासमा न्यायाधीशहरू बमकुमार श्रेष्ठ र तेजबहादुर केसी बस्न नहुने भन्दै आपत्ति जनाएका थिए ।
सर्वोच्च अदालतका प्रेस विज्ञ किशोर पौडेलका अनुसार संवैधानिक इजलासमा न्यायाधीशहरु श्रेष्ठ र केसी रहने/नरहनेबारे सोमबार निर्णय हुनेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
प्रतिकृया दिनुहोस