सरकारी कर्मचारीलाई १० दिनको पारिश्रमिकसहित पर्यटन बिदा, नेपाल आउने विदेशीलाई एक महिनाको भिसा निःशुल्क
- गाउँ सहर संवाददाता
- १५ जेठ शनिबार, २०७८ | १७:३०:०० मा प्रकाशित
काठमाडाैं । सरकारले सरकारी कर्मचारीलाई १० दिनको पारिश्रमिक सहित पर्यटन बिदा दिने भएको छ ।
आन्तरिक पर्यटन प्रबद्र्धन गर्नका लागि सरकारी कर्मचारीलाई १० दिनको पारिश्रमिक समेत दिने घोषणा गरेको छ ।
आगामी आवका बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले यस्तो बताएका हुन । निजामति सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिकसहित प्रोत्साहन गरिने भएको अर्थमन्त्रीले पौडेलले बताए ।
साथै निजी क्षेत्रका कर्मचारीलाई पनि प्रोत्साहन गरिने पौडेलले बताए ।
त्यसैगरि नेपाल भ्रमण आउने विदेशी पर्यटकलाई एक महिनाको भिसा शुल्क निशुल्क बनाउने भएको छ ।
अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उक्त जानकारी दिए । उनले नेपाल भम्रणमा आउने विदेशीलाई एक महिनाको भिसा निस्शुल्क उपलब्ध गराइने बताए।
सरकारले यसैवर्षदेखि सरकारी कर्मचारीलाई १० दिनको तलबसहित पर्यटन काज विदा दिने समेत घोषणा गरिसकेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
प्रतिकृया दिनुहोस