वातावरण

आगामी साताको मौसमी सारांश : सातै प्रदेशकाे यस्ताे हुनेछ माैसम

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाले सात दिनकाे सातै प्रदेशकाे माैसमी पूर्वानुमान सार्वजनिक गरेकाे छ । 

आगामी साताको मौसमको सारांश :

  1. साताको सुरुवातमा प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी/अति भारी वर्षा र उच्च वेगको हावाहुरीको सम्भावना । उच्च हिमाली/पहाडी भूभागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षा । गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका १/२ स्थानमा भारी हिमपातको सम्भावना ।
  2. साताको मध्य र अन्त्यमा प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना ।
  3. यो साताको मध्यमा देशका पश्चिमी भूभागमा र साताको अन्त्यमा देशका मध्य र पूर्वी भू-भागहरुमा अधिकतम तथा न्युनतम तापक्रममा हल्का वृद्धि हुने सम्भावना रहेको छ ।

तपाईँको मत