सरकारकाे तथ्याँकमा कति छन् नेपालमा बेराेजगारी ?
- गाउँ सहर संवाददाता
- १० असार मंगलबार, २०८२ | १४:५९:०० मा प्रकाशित

काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले देशको ११.६ प्रतिशत व्यक्तिहरू बेरोजगार रहेको बताएका छन्। मंगलबारको प्रतिनिधिसभाको बैठकमा उनले श्रम र रोजगारीको विषय मुलुकको अर्थतन्त्रको विकास र समृद्धिसँग जोडिएको विषय भन्दै यसबारे जानकारी गराएका हुन्।
'जनसंख्याको ठूलो हिस्सा बेरोजगारीको अवस्थामा रहेको हालको परिप्रेक्ष्यमा तदुनुरुपको रोजगारी मुलुकभित्रै सिर्जना गर्न थप चुनौती र चिन्ताको विषय बनेको छ,' उनले भने, 'नेपालभित्रै रोजगारीको उपयुक्त अवसर नहुनु र भएका केही रोजगारीमा समेत सीप र ज्ञानको अभावमा विदेशी नागरिकहरू संलग्न रहेको अवस्था छ।'
वैदेशिक रोजगारीमा युवाको आकर्षणलाई मुलुकभित्रैको रोजगारीमा संलग्न गराउनु मुख्य चुनौती रहेको उनको भनाइ छ। उनले बेरोजगार दर कम गर्न आगामी १० वर्षका लागि आन्तरिक रोजगार प्रवर्द्धन दशकको अभियान सञ्चालन गर्ने निर्णय गरेको पनि सुनाए।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- समयमै बजेट ल्याउन नसक्ने यी ३९ स्थानीय तह
- पाँच महानगरपालिकाले ल्याए बजेट, काठमाडाैंकाे आएन
- प्रतिनिधिसभाबाट बजेट पारित
- घटबढ घटबढ भएकाे नेप्से अन्तिममा २६ सय अंकमा
- जापानमाथि नेपालकाे ९ विकेटको सहज जित
- स्थानीय तहको बजेट आज सार्वजनिक हुँदै
- ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटलका सेवाहरुमा छुट
- प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित गर्ने कार्यसूची
- शेयरबजार : २६ सय टेक्याे नेप्से
- बजेट पास गर्न एमालेको ह्विप
प्रतिकृया दिनुहोस