महामारीमा अहोरात्र खट्ने स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई राणाद्वारा कारबाहीकाे माग
- गाउँ सहर संवाददाता
- १४ जेठ शुक्रबार, २०७८ | १४:३३:०० मा प्रकाशित
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति सम्शेर जबराले महामारीमा अहोरात्र खट्ने स्वास्थ्यकर्मीमाथि आक्रमण भएकोमा चिन्ता प्रकट गरेका छन् ।
स्वास्थ्यकर्मीमाथि भेरी अस्पतालमा बिहीबार भएको आक्रमणको आवश्यक छानविन गरी दोषीमाथि कारवाही गर्न अध्यक्ष राणाले माग गरेका छन् ।
संकटको समयमा स्वास्थ्यकर्मीको हौसला कायम राख्नु पर्दछ भन्दै राणाले जोड दिएका छन् । संयम अपनाउदै स्वास्थ्यकर्मीलाई सहयोग गन उनले शुक्रबार ट्वीट गर्दै सबैमा अपिल गरेका छन् ।
‘भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण सम्पूर्ण समाजको लागि चिन्ताको विषय हो। संकटको घडीमा संयम कायम राख्दै अग्रपंक्तिमा अहोरात्र खट्ने स्वास्थ्यकर्मीलाई सहयोग गर्न, उत्साह बर्करार राख्न अपिल गर्दछु,’ अध्यक्ष राणाले भने । ‘आवश्यक छानविन र दोषीमाथि कारवाहीको माग गर्दछु ।’
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
प्रतिकृया दिनुहोस