प्राइम बैंकद्वारा वीरसहित सुदूरपश्चिमका अस्पताललाई स्वास्थ्य सामाग्री सहयाेग
- गाउँ सहर संवाददाता
- १२ जेठ बुधबार, २०७८ | १४:२७:०० मा प्रकाशित
.jpeg)
काठमाडाैं । प्राइम कमर्सियल बैंकले विभिन्न अस्पतलालाई स्वास्थ्य सामग्री सहयाेग गरेकाे छ ।
बैंकले कोभिड-१९ विरुद्धकाे लडाईमा बिरामीहरुलाई सहयाेग पुगाेस भनेर वीर अस्पताललाई करिब रु. ३० लाख बराबरको पि.पि.इ सेट, पोर्टेवल अक्सिजन सिलिण्डर, फेस मास्क, सानिटाइजर, अक्सिजन ट्रली लगायत विभिन्न स्वास्थ सामाग्रीहरु सहयाेग गरेकाे महाप्रवन्धक संजीव मानन्धरले जनाएका छन् ।
बैंककातर्फबाट मनोज पौडेलले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।
हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ महामारीको दोस्रो लहरबाट विगत केही समयबाट मुलुक आक्रान्त बनेको अवस्थामा विभिन्न अस्पतालहरुमा विरामी शैथ्या, अक्सिजन लगायत अन्य अति आवश्यक स्वास्थ सामाग्रीहरुको चरम अभाव भई संक्रमित विरामीहरुको उपचार गर्न कठिन भएको परिस्थितिलाई ध्यानमा राख्दै यस बैंक उक्त सहयाेग गरेकाे हाे ।
बैंकले यसअघि सुदूरपश्चिम क्षेत्रको सेती प्रादेशिक अस्पताल र माहाकाली अस्पताललाई क्रमश ६० थान तथा ४० थान अक्सिजन सिलिण्डर वितरण गरेको थियाे ।
बैंकले कोभिड-१९ विरुद्धको लडाईँमा गर्दै आएको सहयोगलाई भविष्यमा समेत जारी राख्ने जनाएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
प्रतिकृया दिनुहोस