नेपाली राष्ट्रिय टिम मैत्रीपूर्ण खेलका लागि इराक प्रस्थान
- गाउँ सहर संवाददाता
- १२ जेठ बुधबार, २०७८ | ०८:०८:०० मा प्रकाशित

काठमाडाैं । इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम त्यहाँतर्फ प्रस्थान गरेको छ ।
२३ सदस्सीय खेलाडीसहित ३५ सदस्सीय नेपाली टिम चाटर्ड उडानमार्फत गएराति इराक गएको हो ।
आउँदो शनिबार नेपालले बसरा अन्तर्राष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि फिफा विश्वकप छनोट प्रतियोगिता खेल्न उतैबाट कुवेत जानेछ । विश्वकप छनोटका बाँकी खेल अन्तर्गत नेपालले जुन ३ तारिखमा चाइनिज ताइपे, जुन ७ तारिखमा जोर्डन र जुन ११ तारिखमा अष्ट्रेलियासँग खेल्नेछ ।
मैत्रीपूर्ण खेल, विश्वकप छनोट र एसियन कप छनोटका लागि राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २३ खेलाडीको घोषणा गरिसकेका छन् ।
विश्वकप छनोटमा नेपालले अहिलेसम्म पाँच खेलमा एउटामा जित तथा चार खेलमा हार बेहोरेको छ । नेपाली टोली आउँदो २९ गते नेपाल फर्किनेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस