राष्ट्रपतिबाट जारी नागरिकतासम्बन्धी अध्यादेश सत्ता स्वार्थको सौदाबाजी : नेविसंघ
- गाउँ सहर संवाददाता
- ९ जेठ आइतबार, २०७८ | १९:५०:०० मा प्रकाशित
काठमाडाैं । संसदमा विचाराधिन अवस्थामा रहेको नागरिकता विधेयक सत्ता स्वार्थको निम्ति अध्यादेशमार्फत जारी गरेकाे भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विराेध जनाएकाे छ ।
नागरिकता जस्ताे सम्वेदनशील विषयमा पर्याप्त छलफल र सहमति नै कायम नगरी कोरोना महामारी र राजनीतिक अस्थिरताबीच सरकारले अध्यादेश जारी गर्नु सत्ता स्वार्थसँग साैदाबाजी भएकाे नेविसंघकाे ठहर रहेकाे महामन्त्री बलदेव तिमल्सिनाले बताए ।
महामन्त्री तिमल्सिनाले प्रेस विज्ञप्ति जारी गर्दै भनिएकाे छ- "आफ्नो स्वार्थ पूरा गर्न जनतालाई विभिन्न खालका भ्रम सिर्जना गरेर यस्ता देशलाई खाडलमा हाल्ने योजनामा प्रधानमन्त्री र राष्ट्रपति निरन्तर तल्लिन छन् । संसदीय समितिले छलफल र पास गरेर सदनमा पेस गरिसकेको अवस्थामा पनि अध्यादेश ल्याउने कुरा सीधा संविधानमाथि ठाडो चुनौती, संविधान र विधि विधानमाथिको हस्तक्षेप हो ।"
"नेपाल नागरिकता (पहिलो संशोधन) सम्बन्धी विधेयक समितिले पास गरेर सदनमै पेस गरिसकेको र प्रक्रिया अगाडि बढिसकेपछि यसरी अध्यादेश ल्याउन मिल्दैन र अध्यादेशबाट मुलुक चलाउने पनि होइन, सदन नचलेका बेला, मुलुकलाई साह्रै अप्ठेरो पर्यो र कानुन चाहिने बेला,बाधा अड्काउ फुकाउनुपर्ने स्थिति भयो भने मात्र अध्यादेश जारी गर्ने सकिने हो, सामान्य अवस्थामा अध्यादेश ल्याउने होइन" विज्ञप्तिमा भनिएकाे छ ।
उनले संविधान,कानुन र ब्यबस्थालाई नै चुनौती दिएर मुलुकलाई अराजक, स्वेच्छाचारी ढंगले चलाउन खोज्ने प्रयास र प्रवृत्तिका विरुद्ध निरन्तर शसक्त प्रतिवाद र संघर्ष गर्न पनि अपिल गरेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
- खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड
- कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, चार केन्द्रीय सदस्यको रोकियो
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
प्रतिकृया दिनुहोस