राष्ट्रपतिबाट जारी नागरिकतासम्बन्धी अध्यादेश सत्ता स्वार्थको सौदाबाजी : नेविसंघ
- गाउँ सहर संवाददाता
- ९ जेठ आइतबार, २०७८ | १९:५०:०० मा प्रकाशित
काठमाडाैं । संसदमा विचाराधिन अवस्थामा रहेको नागरिकता विधेयक सत्ता स्वार्थको निम्ति अध्यादेशमार्फत जारी गरेकाे भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विराेध जनाएकाे छ ।
नागरिकता जस्ताे सम्वेदनशील विषयमा पर्याप्त छलफल र सहमति नै कायम नगरी कोरोना महामारी र राजनीतिक अस्थिरताबीच सरकारले अध्यादेश जारी गर्नु सत्ता स्वार्थसँग साैदाबाजी भएकाे नेविसंघकाे ठहर रहेकाे महामन्त्री बलदेव तिमल्सिनाले बताए ।
महामन्त्री तिमल्सिनाले प्रेस विज्ञप्ति जारी गर्दै भनिएकाे छ- "आफ्नो स्वार्थ पूरा गर्न जनतालाई विभिन्न खालका भ्रम सिर्जना गरेर यस्ता देशलाई खाडलमा हाल्ने योजनामा प्रधानमन्त्री र राष्ट्रपति निरन्तर तल्लिन छन् । संसदीय समितिले छलफल र पास गरेर सदनमा पेस गरिसकेको अवस्थामा पनि अध्यादेश ल्याउने कुरा सीधा संविधानमाथि ठाडो चुनौती, संविधान र विधि विधानमाथिको हस्तक्षेप हो ।"
"नेपाल नागरिकता (पहिलो संशोधन) सम्बन्धी विधेयक समितिले पास गरेर सदनमै पेस गरिसकेको र प्रक्रिया अगाडि बढिसकेपछि यसरी अध्यादेश ल्याउन मिल्दैन र अध्यादेशबाट मुलुक चलाउने पनि होइन, सदन नचलेका बेला, मुलुकलाई साह्रै अप्ठेरो पर्यो र कानुन चाहिने बेला,बाधा अड्काउ फुकाउनुपर्ने स्थिति भयो भने मात्र अध्यादेश जारी गर्ने सकिने हो, सामान्य अवस्थामा अध्यादेश ल्याउने होइन" विज्ञप्तिमा भनिएकाे छ ।
उनले संविधान,कानुन र ब्यबस्थालाई नै चुनौती दिएर मुलुकलाई अराजक, स्वेच्छाचारी ढंगले चलाउन खोज्ने प्रयास र प्रवृत्तिका विरुद्ध निरन्तर शसक्त प्रतिवाद र संघर्ष गर्न पनि अपिल गरेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस