कांग्रेसद्वारा प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठलाई कारबाही माग गर्दै निर्वाचन आयोगमा उजुरी
- गाउँ सहर संवाददाता
- ६ जेठ बिहीबार, २०७८ | १४:२८:०० मा प्रकाशित
काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रसले निर्वाचन आचारसंहिता उल्लंघन गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीका लागि निर्वाचन आयोगमा उजुरी दर्ता गराएको छ । कांग्रेस संसदीय दल कार्यसमितिको बुधबारको बैठकको निर्णय अनुसार विहीबार विहान निर्वाचन आयोगमा कांग्रेसले उजुरी दर्ता गराएको हो ।
कांग्रेस संसदीय कार्यसमिति बैठकले निर्वाचन आचारसंहिता विपरित वक्तव्य दिने प्रधानमन्त्री ओली र मन्त्री श्रेष्ठलाई निर्वाचन आयोगले कारबाही गर्नुपर्ने ठहर पनि गरेको थियो । प्रधानमन्त्री ओलीले बुधबार निर्वाचन आचारसंहिताविपरीत मौन अवधिमा राष्ट्रिय सभा उपनिर्वाचनका एमाले उम्मेदवार रामबहादुर थापा बादलका लागि मत मागेका थिए ।
यस्तै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पनि निर्वाचन आचारसंहिताविपरीत बुधबार साँझ राष्ट्रिय सभा उपनिर्वाचनमा एमाले उम्मेदवार थापाको पक्षमा अपिल जारी गरेका थिए ।
कांग्रेस संसदीय दलको कार्यालयका अधिकृत विजयेन्द्र वीर आलेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'निर्वाचन आयोगले निर्वाचन आचार संहिता, २०७२ को दफा ५ घ (३) र (५) र दफा (६) विपरीत कार्य गर्ने जो कोहीलाई कारवाही गर्न यो बैठक जोडदार माग गर्दछ ।'

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
प्रतिकृया दिनुहोस