जल तथा मौसम विज्ञान विभागकाे विशेष बुलेटिन, शक्तिशाली चक्रावत, असर नेपालको भूभागमा पर्ने
- गाउँ सहर संवाददाता
- २ जेठ आइतबार, २०७८ | २१:३५:०० मा प्रकाशित
काठमाडाैँ । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन प्रकाशित गर्दै शक्तिशाली चक्रावत थप विकशित हुने क्रम रहेकाे बताएकाे छ ।
२०७८/०२/०२ साँझ ०६:०० बजे) बुलेटिनमा उसले साे कुरा बताएकाे हाे ।
उसले भनेकाे छ - हाल पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात “TaukTae” अझ jlकशित हुने क्रममा रहेको छ । उक्त चक्रवात हाल उत्तर-उत्तरपश्चिम तिर बढ्ने क्रममा रहेको छ । उक्त चक्रवातको प्रत्यक्ष प्रभाब नेपालमा नपरेतापनि केहि असर नेपालको भूभागमा पर्ने सम्भावना रहेको छ ।
सो प्रणालीका कारण मंगलबारबाट देशका धेरै स्थानहरूमा सामान्य देखी पूर्ण बदलीको सम्भावना रहेको छ । साथै बुधबार बेलुकाबाट शुक्रबारसम्म कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यो सिजनमा मेघगर्जन / चट्याङ /हावाहुरी र असिना-पानीकोसमेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।
सो अवधिमा उच्च हिमाली भू-भागमा पर्वतारोहण नगर्न तथा नगराउन हुन विभागले अनुरोध गरेकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
प्रतिकृया दिनुहोस