जल तथा मौसम विज्ञान विभागकाे विशेष बुलेटिन, शक्तिशाली चक्रावत, असर नेपालको भूभागमा पर्ने
- गाउँ सहर संवाददाता
- २ जेठ आइतबार, २०७८ | २१:३५:०० मा प्रकाशित

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन प्रकाशित गर्दै शक्तिशाली चक्रावत थप विकशित हुने क्रम रहेकाे बताएकाे छ ।
२०७८/०२/०२ साँझ ०६:०० बजे) बुलेटिनमा उसले साे कुरा बताएकाे हाे ।
उसले भनेकाे छ - हाल पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात “TaukTae” अझ jlकशित हुने क्रममा रहेको छ । उक्त चक्रवात हाल उत्तर-उत्तरपश्चिम तिर बढ्ने क्रममा रहेको छ । उक्त चक्रवातको प्रत्यक्ष प्रभाब नेपालमा नपरेतापनि केहि असर नेपालको भूभागमा पर्ने सम्भावना रहेको छ ।
सो प्रणालीका कारण मंगलबारबाट देशका धेरै स्थानहरूमा सामान्य देखी पूर्ण बदलीको सम्भावना रहेको छ । साथै बुधबार बेलुकाबाट शुक्रबारसम्म कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यो सिजनमा मेघगर्जन / चट्याङ /हावाहुरी र असिना-पानीकोसमेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।
सो अवधिमा उच्च हिमाली भू-भागमा पर्वतारोहण नगर्न तथा नगराउन हुन विभागले अनुरोध गरेकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस