काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ७७ जिल्लामध्ये हालसम्म ७४ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
गृहमन्त्रालयका अनुसार देशका अरु जिल्लाको तुलनामा मनाङ, खोटाङ र तेह्रथुममा कोरोना संक्रमण कम देखिएको छ । यी जिल्लामा अहिलेसम्म निषेधाज्ञा लगाइएको छैन ।
पालिकासँग सहकार्य गरेर जनप्रतिनिधिलाई जिम्मेवार बनाइएकोले सङ्क्रमण फैलिन नपाएको सम्बन्धित जिल्ला प्रशासनले जनाएका छन् । दोस्रो चरणको कोरोना भाइरसको संक्रमणदर बढेसँगै अहिले विभिन्न ७४ जिल्लामा आंशिकदेखि पूर्ण निषेधाज्ञा लगाइएको छ ।
गृह मन्त्रालयकाअनुसार निषेधाज्ञा लागू भएका ७३ जिल्लामध्ये ७० मा पूर्ण र ४ जिल्लामा आंशिक निषेधाज्ञा छ । आंशिक निषेधाज्ञा रहेका जिल्लामा काभ्रे, ताप्लेजुङ, सप्तरी र मुस्ताङ रहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस