गाउँ सहर

भारतमा काेराेनाबाट निकाे हुनेकाे संख्या २ कराेड ७९ हजार ५९९

काठमाडाैँ । भारतमा काेराेनाबाट निकाे हुनेकाे संख्या २ कराेड ७९ हजार ५९९ पुगेकाे त्यहाँकाे स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार देशमा अहिले सक्रिय संक्रमितकाे संख्या ३७ लाख ४ हजार ८९३ रहेकाे छ ।

अहिलेसम्म भारतमा काेराेनाभाइरसका कारण ज्यान गुमाउनेकाे संख्या २ लाख ६२ हजार ३१७ छ । मन्त्रालयका अनुसार अहिलेसम्म १७ कराेड ९२ लाख ९८ हजार ५८४ जनाले खाेप लगाइसकेका छन् ।

पछिल्लाे दिनमा १८ लाख ७५ हजार ५१५ जनाकाे परीक्षण भएकाे र केहि दिन यता संक्रमण घट्दै गएकाे पनि उसले बताएकाे छ ।

गाउँ सहर संवाददाता