निषेधाज्ञा जिल्ला ७३ पुग्याे, ६७ जिल्लामा पूर्ण ६ वटामा आंशिक
- गाउँ सहर संवाददाता
- ३० बैशाख बिहीबार, २०७८ | ०८:२३:०० मा प्रकाशित
.jpeg)
काठमाडाैं । मुलुकभर निषेधाज्ञा लागू गर्ने जिल्लाको सङ्ख्या ७३ पुगेको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि ६७ जिल्लामा जिल्लाभर र ६ जिल्लामा आंशिक निषेधाज्ञा लागू भएको गृह मन्त्रालयले जनाएको छ ।
भोजपुरमा गएरातिदेखि निषेधाज्ञा शुरु भएको छ भने मुस्ताङमा आज राति १२ बजेदेखि निषेधाज्ञा शुरु हुँदैछ । गृह मन्त्रालयका अनुसार मनाङ, रुकुमपूर्व, तेह्रथुम र खोटाङले निषेधाज्ञा लागू गरेका छैनन् । निषेधाज्ञाकै बीच सङ्क्रमण भने बढिरहेको छ ।
नेपालमा यही बैशाख ७ गतेदेखि निषेधाज्ञाको आदेश लागू गरी नियन्त्रणको प्रयास भएको थियो । बैशाख १६ गतेदेखि भने आदेश लागू गर्ने क्रम तीव्र भएको थियो । एक महिनाको अवधिमा देश नै ठप्प हुनेसम्मको अवस्थामा पुगेको छ । नेपालमा पछिल्लो हप्ताको तथ्याँक विश्लेषण गर्दा कोरोना संक्रमितको सङ्या ५१ प्रतिशतले बढिरहेको छ ।
भारतभन्दा नेपालमा संक्रमण र मृत्युदर निकै बढी रहेको स्वास्थ्य मन्त्रालयको सरुवा रोग विशेषज्ञ डा अर्चना श्रेष्ठले जानकारी दिनुभयो । नेपालमा प्रति १० लाखमा तीन सय चार जना र भारतमा प्रति १० लाखमा दुई सय ४० मात्रै सङ्क्रमण दर रहेको छ । यस्तै नेपालमा प्रति १० लाखमा ३ दशमलव ३ जनाको ज्यान गइरहेको छ भने भारतमा प्रति १० लाखमा दुई दशमलव पाँच जनाको ज्यान गइरहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस