निषेधाज्ञा जिल्ला ७३ पुग्याे, ६७ जिल्लामा पूर्ण ६ वटामा आंशिक
- गाउँ सहर संवाददाता
- ३० बैशाख बिहीबार, २०७८ | ०८:२३:०० मा प्रकाशित
काठमाडाैं । मुलुकभर निषेधाज्ञा लागू गर्ने जिल्लाको सङ्ख्या ७३ पुगेको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि ६७ जिल्लामा जिल्लाभर र ६ जिल्लामा आंशिक निषेधाज्ञा लागू भएको गृह मन्त्रालयले जनाएको छ ।
भोजपुरमा गएरातिदेखि निषेधाज्ञा शुरु भएको छ भने मुस्ताङमा आज राति १२ बजेदेखि निषेधाज्ञा शुरु हुँदैछ । गृह मन्त्रालयका अनुसार मनाङ, रुकुमपूर्व, तेह्रथुम र खोटाङले निषेधाज्ञा लागू गरेका छैनन् । निषेधाज्ञाकै बीच सङ्क्रमण भने बढिरहेको छ ।
नेपालमा यही बैशाख ७ गतेदेखि निषेधाज्ञाको आदेश लागू गरी नियन्त्रणको प्रयास भएको थियो । बैशाख १६ गतेदेखि भने आदेश लागू गर्ने क्रम तीव्र भएको थियो । एक महिनाको अवधिमा देश नै ठप्प हुनेसम्मको अवस्थामा पुगेको छ । नेपालमा पछिल्लो हप्ताको तथ्याँक विश्लेषण गर्दा कोरोना संक्रमितको सङ्या ५१ प्रतिशतले बढिरहेको छ ।
भारतभन्दा नेपालमा संक्रमण र मृत्युदर निकै बढी रहेको स्वास्थ्य मन्त्रालयको सरुवा रोग विशेषज्ञ डा अर्चना श्रेष्ठले जानकारी दिनुभयो । नेपालमा प्रति १० लाखमा तीन सय चार जना र भारतमा प्रति १० लाखमा दुई सय ४० मात्रै सङ्क्रमण दर रहेको छ । यस्तै नेपालमा प्रति १० लाखमा ३ दशमलव ३ जनाको ज्यान गइरहेको छ भने भारतमा प्रति १० लाखमा दुई दशमलव पाँच जनाको ज्यान गइरहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
प्रतिकृया दिनुहोस