मनमाेहन अस्पतालले पनि अक्सिजन अभाव भएकाे भन्दै नयाँ बिरामी भर्ना नलिने
- गाउँ सहर संवाददाता
- २९ बैशाख बुधबार, २०७८ | १५:४८:०० मा प्रकाशित
काठमाडौं । काठमाडौंको स्वयम्भूमा रहेको मनमाेहन मेमाेरियल मेडिकल एण्ड टिचिङ्ग हस्पिटलले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै अक्सिजनको भाव भएकाले नयाँ बिरामी भर्ना लिन असमर्थ रहेको जानकारी गराएको हो ।
अस्पतालका निर्देशक डा. धर्म सुवेदीले अस्पतालमा कोरोना सङ्क्रमित तथा कोरोना नभएका बिरामीको सुरक्षित तवरले उपचार गराइरहँदा हाल आएर अक्सिजनको चरम अभाव भएपछि नयाँ बिरामी भर्ना लिन समस्या परेको जानकारी दिए ।
अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै हालकाे परिस्थितिमा वेडकाे समस्या नभएतापनि अक्सिजनकाे आपूर्तिमा आएकाे समस्याले गर्दा माैज्दात अक्सिजन केही घण्टाभन्दा बढि नरहने भएकाले कुनै पनि बेला ठूलाे दुर्घटना हुन सक्ने परिस्थिति रहेकाे भन्दै नयाँ बिरामी भर्ना लिन नसकिने जानकारी गराएकाे हाे ।
अक्सिजनको अभावले सेवा प्रवाह गर्न कठिनाइ भएको भन्दै डा. सुवेदीले बिरामीसँग क्षमासमेत मागेको छन् । अक्सिजनको मात्रा आवश्यकताअनुसार प्राप्त भएसँगै थप बिरामीको भर्ना गरिने सुवेदीको भनाइ छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
प्रतिकृया दिनुहोस