काेराेनामा लायन्स सेवा : अक्सिजन थेरापीदेखि स्वास्थ्य सामाग्री सहयाेगमा सक्रिय
- गाउँ सहर संवाददाता
- २५ बैशाख शनिबार, २०७८ | १९:५१:०० मा प्रकाशित
काठमाडौं । विश्वभरी महामारी काेराेनाभाइरस नेपालमा पनि संक्रमण उच्चदरमा फैलिरहेकाे बेला यसबाट बच्न सघाउ पुगाेस् भनेर लायन्स क्लबले स्वास्थ्य सामाग्री सहयाेग गरेकाे छ ।
लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए-१ ले शनिवार काठमाडाैं महानगरीय प्रहरी प्रभाग साँखुमा सात शैयासहित विभिन्न स्वास्थ्य सामग्री सहयाेग गरेकाे हाे ।
लायन्स क्लबले साँखुको प्रहरी कार्यलय प्रमुख प्रहरी निरीक्षक जानुकादेवी खरेललाई आइसोलेसन निर्माणको लागि सात वटा बेड, डस्ना, सिरानी, तन्ना र पाँच सेट पीपीई हस्तान्तरण गरिएकाे पूर्व डिस्ट्रिक गभर्नर तथा हालका मल्टिपल डिस्ट्रिक- जीएसटि (ग्लाेबल सर्भिस टिम) कोअर्डिनेटर लायन अनन्त प्रसाद भेटुवाल जानकारी दिए ।
महामारीको समयमा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीहरु तथा कारागारमा रहेका कैदीबन्दीहरु समेत संक्रमित हुन थालेपछि उनीहरूकाे सुरक्षाकाे लागि उक्त स्वास्थ्य सामाग्री सहयाेग गरिएकाे भेटुवालले बताए ।
डिस्ट्रिक्ट ३२५ ए१ काठमाडौंका विभिन्न स्थानहरुमा सेमि-आइसियू निर्माण गर्न नगरपालिकाहरुसँग सहकार्य गरेर थप सेवा गर्न लागिपरेकाे उनले जानकारी दिए ।
.jpg)
भेटुवालले भने, "लायन्स क्लबले कोरोना भाइरसको दोश्रो लहरको डर लाग्दो अवस्था र सरकारद्वारा घोषित निषेधाज्ञाको समयमा पनि संक्रमितहरुको लागि अक्सिजन थेरापी सञ्चालनका लागि लायन्स लिडर खगेन्द्र सिटौलाको अगुवाइमा काठमाडाैंकाे गाेकर्णेश्वर र चन्द्रागिरि नगरपालिकामा निर्माण कार्य भइरहेकाे छ । चन्द्रागिरि नगरपालिकाकाे प्राथमिक अस्पतालमा ३० देखि ४० शैय्यामा अक्सिजन सुविधासहित उपलब्ध गराउन लागि परेका छाैँ ।"
भेटुवालले हालको विषम् परिस्थितिमा लायन्स सदस्यहरूमाथि थप जिम्मेवारी र सेवाकाे अवसर आएकाे बताउँदै सुरक्षित भएर यस अभियानमा जाेडिन अपिल गरेका छन् ।
उनले महामारीकाे बेला स्वस्फूर्त सहभागी हुन र सहयाेगका लागि अनुराेध गरेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस