काेराेनामा लायन्स सेवा : अक्सिजन थेरापीदेखि स्वास्थ्य सामाग्री सहयाेगमा सक्रिय
- गाउँ सहर संवाददाता
- २५ बैशाख शनिबार, २०७८ | १९:५१:०० मा प्रकाशित
.jpeg)
काठमाडौं । विश्वभरी महामारी काेराेनाभाइरस नेपालमा पनि संक्रमण उच्चदरमा फैलिरहेकाे बेला यसबाट बच्न सघाउ पुगाेस् भनेर लायन्स क्लबले स्वास्थ्य सामाग्री सहयाेग गरेकाे छ ।
लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए-१ ले शनिवार काठमाडाैं महानगरीय प्रहरी प्रभाग साँखुमा सात शैयासहित विभिन्न स्वास्थ्य सामग्री सहयाेग गरेकाे हाे ।
लायन्स क्लबले साँखुको प्रहरी कार्यलय प्रमुख प्रहरी निरीक्षक जानुकादेवी खरेललाई आइसोलेसन निर्माणको लागि सात वटा बेड, डस्ना, सिरानी, तन्ना र पाँच सेट पीपीई हस्तान्तरण गरिएकाे पूर्व डिस्ट्रिक गभर्नर तथा हालका मल्टिपल डिस्ट्रिक- जीएसटि (ग्लाेबल सर्भिस टिम) कोअर्डिनेटर लायन अनन्त प्रसाद भेटुवाल जानकारी दिए ।
महामारीको समयमा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीहरु तथा कारागारमा रहेका कैदीबन्दीहरु समेत संक्रमित हुन थालेपछि उनीहरूकाे सुरक्षाकाे लागि उक्त स्वास्थ्य सामाग्री सहयाेग गरिएकाे भेटुवालले बताए ।
डिस्ट्रिक्ट ३२५ ए१ काठमाडौंका विभिन्न स्थानहरुमा सेमि-आइसियू निर्माण गर्न नगरपालिकाहरुसँग सहकार्य गरेर थप सेवा गर्न लागिपरेकाे उनले जानकारी दिए ।
भेटुवालले भने, "लायन्स क्लबले कोरोना भाइरसको दोश्रो लहरको डर लाग्दो अवस्था र सरकारद्वारा घोषित निषेधाज्ञाको समयमा पनि संक्रमितहरुको लागि अक्सिजन थेरापी सञ्चालनका लागि लायन्स लिडर खगेन्द्र सिटौलाको अगुवाइमा काठमाडाैंकाे गाेकर्णेश्वर र चन्द्रागिरि नगरपालिकामा निर्माण कार्य भइरहेकाे छ । चन्द्रागिरि नगरपालिकाकाे प्राथमिक अस्पतालमा ३० देखि ४० शैय्यामा अक्सिजन सुविधासहित उपलब्ध गराउन लागि परेका छाैँ ।"
भेटुवालले हालको विषम् परिस्थितिमा लायन्स सदस्यहरूमाथि थप जिम्मेवारी र सेवाकाे अवसर आएकाे बताउँदै सुरक्षित भएर यस अभियानमा जाेडिन अपिल गरेका छन् ।
उनले महामारीकाे बेला स्वस्फूर्त सहभागी हुन र सहयाेगका लागि अनुराेध गरेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस