राजनीति

एमालेकाे स्थायी कमिटीको आकस्मिक बैठक जारी

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक बालुवाटारमा शुरू भएकाे छ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा आकस्मिक रुपमा स्थायी कमिटीको बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक केहीबेरमा सुरु हुन लागेको नेता सुवास नेम्वाङले जानकारी दिए । उनका अनुसार आगामी बैशाख २७ प्रधानमन्त्रीले लिने विस्वासको मत,

आगामी बैशाख ६ गते हुने वागमतीको राष्ट्रिय सभा सदस्य निर्वाचन लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । 

बैठकमा बुधबार कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटवार्ताबारे पनि प्रधामन्त्री समेत छलफल हुने बताइएकाे छ ।

गाउँ सहर संवाददाता