सेनाकाे सक्रियता : अवकाशप्राप्त सैनिकलाई तयारी अवस्थामा रहन निर्देशन
- गाउँ सहर संवाददाता
- २२ बैशाख बुधबार, २०७८ | १९:१२:०० मा प्रकाशित

काठमाडौं । देशभर कोरोना संक्रमण बढ्दै गएपछि नेपाली सेनाले थप सक्रियता देखाएको छ ।
कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनदेखि क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापनमा खटिएको सेनाले अवकास प्राप्त स्वास्थ्यकर्मीलाई बोलाउने भएको छ ।
प्रधान सेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले मिति २०७२ सालभन्दा पछाडी नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकाश प्राप्त गरेका स्वास्थ्यकर्मीहरुलाई तयारी हालतमा रहन निर्देशन दिएको सेनाका प्रवक्ता सन्तोषबल्लब पौडेलले बताए ।
राष्ट्रलाई आवश्यक परेको बखत बोलाउन सक्ने गरी तयारी हालतमा रहन सक्ने गरी तयार रहन भनिएको समेत उनले उल्लेख गरेका छन् ।
पछिल्लो केही दिनयता देशभर कोरोना संक्रमितको सङ्ख्या ह्वातै बढेको छ। देशभरका अस्पतालमा संक्रमितलाई राख्ने बेड तथा चेक तथा रेखदेख गर्न स्वास्थ्यकर्मीको अभाव हुन थालेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
- कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ
- सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति
- सुरक्षा परिस्थितिको आधार देखाउँदै नेपाली सेनाले उपत्यकामा कर्फ्यू समय थप्याे
प्रतिकृया दिनुहोस