राजनीति

अब सम्झनामा मात्र राजनीतिक तथा समाजसेवी शिवबहादुर खड्का, याे नै हाम्राे अन्तिम अन्तर्वार्ता बन्याे

गाउँ सहर डटकमकाे टिमले खड्का निवासमा गएर लिएकाे अविश्मरणीय अन्तर्वार्ताः

काठमाडाैँ । नेपाली काँग्रेसका अग्रज नेता तथा समाजसेवी शिवबहादुर खड्काकाे निधन भएकाे छ ।

खड्काको ७८ वर्षको उमेरमा आज निधन भएको नेपाल तरुणदलका अध्यक्ष काजी बहादुर खड्का दिनेशले जानकारी दिए । खड्काका अनुसार आज बिहान घर भित्र समान्य लडेर घाइते भएपछि उपचारको लागि भत्तपुरमा रहेको नागरिक अस्पतालमा उपचार गर्ने क्रममा खड्काकाे निधन भएको हो ।

रामेछापको सुनापति गाउँपालिकामा जन्मिएका खड्का नेपाली कांग्रेसका जिल्ला सभापति, जिल्ला विकास समिति रामेछापका सभापति र संविधान सभाकाे सदस्यसमेत भएका थिए ।

निष्ठाकाे राजनीति गर्ने खड्काकाे निधनले अपूरणीय क्षति भएकाे नेपाली काँग्रेस केन्द्रीय समितिले जनाएकाे छ ।

गाउँ सहर डटकमले खड्का निवास भक्तपुरमा २५ बैशाख मंगलबार २०७५ मा अन्तर्वार्ता लिएकाे थियाे । सम्झनास्वरूप याे भिडियाे प्रस्तुत गरेका छाैँ ।

गाउँ सहर संवाददाता