मुक्तिनाथ विकास बैंकद्वारा दमाैलीमा सामाजिक उत्तरदायित्व कार्यक्रम
- गाउँ सहर संवाददाता
- १५ बैशाख बुधबार, २०७८ | १२:४९:०० मा प्रकाशित

दमाैली । मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई आर्थिक सहयोग गरेको छ । यस संस्थाले व्यास नगरपालिका विभिन्न वडाहरुका नगरवासीहरुलाई खानेपानी उपलब्ध गराउँदै आएको छ ।
यस सहयोगबाट सोही संस्थाले जनजिवनमा अझ शुद्ध र सफा खानेपानी उपलब्ध गराउन, पानी टंकी संरक्षण गर्न, अनधिकृत व्यक्ति तथा जनावरको प्रवेश र प्रदुशणबाट जोगाउन जस्ता उद्देश्यले हाल व्यास –४ जुडिपानी स्थित रहेको खानेपानी प्रशोधन केन्द्रमा आवश्यक तारबार गर्ने भएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट त्यस क्षेत्रका नागरिकको हितमा काम हुने विश्वास लिएको छ ।
यसै गरी डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिजा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटिएम बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस