एनआईसी एशिया बैंकको वितरणयोग्य नाफा १ अर्ब २२ करोड रुपैयाँ
- गाउँ सहर संवाददाता
- १५ बैशाख बुधबार, २०७८ | १२:१३:०० मा प्रकाशित

काठमाडाैं । एनआईसी एशिया लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब ४८ लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा २०.०७ प्रतिशतले बढी हो बैंकले गत आवको सोही अवधिमा २ अर्ब ५० करोड रुपैयाँ आर्जन गरेको थियो ।
बैंकको वितरणयोग्य नाफा गत आवको यसै अवधिको तुलनामा २०० प्रतिशतले बढेको छ । गत आवको यसै अवधिमा ४० करोड ७४ लाख ९६ रहेकोमा बढेर १ अर्ब २२ करोड ६ लाख ३ हजार रुपैयाँ कायम भएको छ ।
चुक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँ रहेको बैंकको १९ प्रतिशतले पूँजी बढेपनि प्रतिशेयर आम्दानी घटेको छैन । बैंकले पूँजीवृद्धिको इपिएसमा पर्ने असरलाई नाफा बढाएर कभर गरेको हो । बैंकको प्रतिशेयर आम्दानी ०.१९ रुपैयाँ बढेर ३४.८७ रुपैयाँमा पुगेको छ ।
चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले २ खर्ब ७५ अर्ब ३१ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४७ अर्ब ६४ करोड ३४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले ६ अर्ब ५८ करोड ४३ लाख रुपैयाँ खुद ब्याज आम्दानी र ४ अर्ब ३९ करोड ५६ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.२३, सञ्चालन नाफा २१.९७, निक्षेप ३६.५५, कर्जा लगानी ५४.६० प्रतिशतले बढेको छ भने आधार ब्याजदर २.८४, कोषको लागत १.९९ प्रतिशतले घटेको छ । बैंकको जगेडा कोष ७ अर्ब ३९ करोड ७३ लाख र शेयरधनी कोषमा १ अर्ब २७ करोड ५ लाख रुपैयाँ सञ्चित रहेको छ ।
समीक्षा अवधिमा बैंकको पूँजीकोष अनुपात ११.४४, खराब कर्जा अनुपात ०.४७, कोषको लागत ५.०३, कर्जा निक्षेप अनुपात ८४.२१, आधारदर ६.७७, स्प्रेडदर ४.३८ प्रतिशत, प्रतिशेयर नेटवर्थ १६२.०३ रुपैयाँ र मूल्य आम्दानी अनुपात २७.८२ गुणा छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस