गण्डकी प्रदेशमा खेलकूद परिषदले तोक्यो खेल इन्चार्जको जिम्मेवारी
- गाउँ सहर संवाददाता
- १३ बैशाख सोमबार, २०७८ | २२:११:०० मा प्रकाशित

पोखरा । गण्डकी प्रदेश खेलकूद परिषदको पहिलो पूर्ण बैठकले विभिन्न निर्णयहरु गर्दै जिम्मेवारी तोकेको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्री एवम परिषदका अध्यक्ष नर देवी पुनको अध्यक्षतामा सोमबार पोखरामा सम्पन्न बैठकले प्रदेश खेलकूद गठनका लागि प्रदेश सरकारलाई हार्दिक आभार व्यक्त गर्दै परिषदका सदस्यहरुलाई जिल्ला र खेल संघहरुको इन्चार्जको जिम्मेवारी तोकेको हो ।
बैठकले गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य राम चन्द्र थापालाई कास्की जिल्ला खेलकूदको इन्जार्ज, गोरखा जिल्लाको ज्ञान बहादुर बोहरा, लमजुङ्ग जिल्लाको बासु बराल, तनहुँको तारा माया थापा मगर, नवलपुरको योगिता कुमारी शाहानी, म्याग्दी जिल्लाको इन्चार्जमा चन्द्रा घले गुरुङ, मुस्ताङ जिल्ला खेलकूदको इन्चार्जमा योगेन्द्र शेरचन, मनाङ जिल्लाको इन्चार्जमा योगेन्द्र गुरुङ तथा पर्वत जिल्ला र सञ्चारको इन्चार्जमा केशव पाठकलाई तोकेको छ भने खेल संघहरुको इन्चार्जमा ऋषी राम गौतमलाई जिम्मेवारी दिइएको छ ।
बैठकले कार्यालय तथा कर्मचारी व्यवस्थापन सँगै प्रदेश खेलकूदका लागि आर्थिक वर्ष २०७८/०७९ बजेट तर्जुमा गर्न परिषदका सदस्य सचिव तेज बहादुर गुरुङको संयोजकत्वमा पाँच सदस्यिय कमिटी गठन गरेको छ । जसको सदस्यमा दिल बहादुर गुरुङ, तारा माया थापा मगर, प्रदेश खेलकूद महाशाखा प्रमुख तेज प्रसाद काफ्ले र क्षेत्रिय खेलकूदका निर्देशक कृष्ण तिमिल्सिना रहेका छन ।
गण्डकी प्रदेश खेलकूदको लोगो डिजाइन तथा वेवसाइटको कार्यलाई अगाडि बढाउन परिषदका सदस्य खगेन्द्र क्षेत्रीको संयोजकत्वमा निर्मला बराल र केशव पाठक सदस्य रहने गरी तीन सदस्यीय कमिटी समेत गठन गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस