नेप्से ३५ अंकले घट्दा के के भए ?
- गाउँ सहर संवाददाता
- ५ बैशाख आइतबार, २०७८ | १६:०७:०० मा प्रकाशित

काठमाडाैं । साताकाे पहिलाे दिन नेप्सेमा गिरावट आएकाे छ । निरन्तर चार कारोबार दिनको वृद्धिपछि आज ३५.८९ अंक घटेर २६९९.५१ विन्दुमा झरेको छ ।
यो दिन १ करोड ९५ लाख २८ हजार ६५६ कित्ता सेयर ८ अर्ब ८० करोड १८ लाख ३ हजार २१५ रुपैयाँमा कारोबार भएको छ । यो दिन ४४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ६ वटा कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
नेप्से ओरालो लागेपनि यस दिन कारोबार रकम भने केही बढेको छ । गत साताको अन्तिम कारोबार दिन ८ अर्ब ६३ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २०७ कम्पनीको ९३ हजार ५६८ पटकको कारोबारमा ८ अर्ब ८० करोड १८ लाख ३ हजार रुपैयाँ बराबरको १ करोड ९५ लाख २८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
यस दिन महिला लघुवित्त वित्तीय संस्था, ज्योति लाइफ इन्स्योरेन्स र दिव्यश्वरी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसैगरी गुडविल फाइनान्सको शेयरमूल्य भने यस दिन ५ प्रतिशतभन्दा बढी घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन एभरेष्ट बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको यस दिन ८७ करोड ६२ लाख ९९ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, यस दिन एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको ५५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस