काठमाडाैँ। भारतमा कोरोना भाइरसको संक्रमण नियन्त्रणभन्दा बाहिर गएको छ।
त्यहाँकाे स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ३४ हजार ६९२ जनामा संक्रमण पुष्टि भएको छ। सो अवधिमा कोभिड–१९ का कारण १३ सय ४१ जनाको ज्यान गएको छ।
भारतमा हाल सक्रिय संक्रमितको संख्या बढेर १६ लाख ७९ हजार ७४० पुगेको छ। कुल संक्रमितको संख्या एक करोड ४५ लाख २६ हजार ६०९ पुगेको छ भने कोभिड–१९ बाट अहिलेसम्म एक लाख ७५ हजार ६४९ जनाको ज्यान गएको छ।
अहिलेसम्म ११ करोड ९९ लाख ३७ हजार ६४१ जनाले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाएको भारतीय स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ।
पछिल्ला दिनमा लगातार दुई लाख भन्दा धेरै संक्रमित थपिएका छन् भने दैनिक एक हजार भन्दा धेरैको ज्यान गएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस