भोटेकोशीमा भलिबल प्रतियोगिता हुने
- गाउँ सहर संवाददाता
- २ बैशाख बिहीबार, २०७८ | १४:०२:०० मा प्रकाशित

काठमाडौं । सिन्धुपाल्चाेककाे भोटेकोशीमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ ।
भोटेकोशी गाउँपालिकाको आयोजनामा ‘भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ हुने भएको हो ।
बैशाख ८ गतेदेखि ११ गतेसम्म हुने प्रतियोगिता गाउँपालिकाको २ वडास्थित तातोपानी आधारभूत विद्यालयको खेल मैदानमा संचालन हुने आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
प्रतियोगितामा तीन विभागीयसहित ६ टिमको सहभागिता रहनेछ ।
लिगकप नकाउटका आधारमा खेलाइने प्रतियोगितामा विभागिय टिम एपीएफ, आर्मी र पुलिस तथा न्यू डायमण्ड क्लब, ढाेरपाटन प्रशिक्षण केन्द्र र सिन्धुपाल्चोक भलिबल संघको टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेता टोलीले तीन लाख तथा उपविजेताले दुई लाख पुरस्कार रकम प्राप्त गर्नेछ ।
त्यस्तै तृतीय हुने टोलीले एक लाख र चौथो हुनेले ५० हजार प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २० हजार प्राप्त गर्नेछ ।
प्रत्येक खेलको प्लेयर अफ दि म्याचले दुई हजार पाउने छ । प्रतियोगिताको उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट लिवेरो, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकले समान ७–७ हजार प्राप्त गर्ने छन् ।
प्रतियोगिताको कुल लागत खर्च २८ लाख अनुमान गरिएकोमा २३ लाख जुटिसकेको आयोजकले नजाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस