मध्य भोटेकोशीः आईपीओमा अन्तिम दिनसम्म ४ दशमलव ५६ गुणा बढी आवेदन
- गाउँ सहर संवाददाता
- २६ असोज मंगलबार, २०७८ | ०४:०७:०० मा प्रकाशित

काठमाडौँ । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको आईपीओमा अन्तिम दिनसम्ममा मागभन्दा ४ दशमलव ५६ गुणाले बढी आवेदन परेको छ ।
सीडीएससीका अनुसार कम्पनीको आईपीओमा सोमवार साँझ ५ बजेसम्ममा २४ लाख ७६ हजार ४८१ आवेदकबाट ३ करोड ७३ लाख ४८ हजार ४० कित्ता शेयरका लागि आवेदन परेको छ, जुन मागभन्दा ४ दशमलव ५६ गुणाले बढी हो ।
कम्पनीले गत असोज २० गतेबाट कुल ९० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । यो आईपीओमा सोमवार बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो ।
कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी आईएस रेटिङ प्रदान गरेको छ ।
आर्थिक वर्ष ०७६/ ७७ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी रू. ५ करोड ५० लाखभन्दा बढी नोक्सानीमा रहेको छ । उक्त अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९४ दशमलव ३९ रहेको छ । प्रतिशेयर आम्दानी भने रू. १ दशमलव २२ ऋणात्मक छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस