गाउँ सहर
सांकेतिक : तस्बिर
खासाकाे ‘केरुङ च्छो’ ताल फुट्ने जोखिम, भोटेकोशी नदी किनारका नागरिकलाई सुरक्षित रहन निर्देशन
- ६ श्रावण मंगलबार, २०७७ | ०७:४७:०० मा प्रकाशित

काठमाडौँ । चीनको खासा क्षेत्रमा रहेको ‘केरुङ च्छो’ ताल अविरल वर्षाका कारण फुट्ने जोखिम भएपछि भोटेकोशी नदी किनारको बस्तीका नागरिकलाई सुरक्षित बस्न जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले निर्देशन दिएको छ ।
खासा क्षेत्रमा रहेको ‘केरुङ च्छो’ ताल अविरल वर्षाका कारण फुट्ने जोखिममा रहेको भन्दै प्रशासनले नागरिकलाई सुरक्षित ठाउँमा लैजाने व्यवस्था मिलाउन विपद् व्यवस्थापन समितिलाई निर्देशन दिएको हो ।
ताल फुटे सिन्धुपाल्चोकका भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिका लगायतका स्थानीय तहमा क्षति पुग्ने छ । पोखरी फुटेमा भोटेकोशी नदीमा आकस्मिक बाढी आई नदी किनारको बस्तीमा ठूलो क्षति पुर्याउन सक्ने भन्दै प्रशासनले सूचना जारी गर्दै सतर्क रहन सचेत गराएको हाे ।
प्रतिकृया दिनुहोस