लेउवा संघ उद्योग बाणिज्य संघका रुपमा सम्मानित
- गाउँ सहर संवाददाता
- २९ चैत आइतबार, २०७७ | १९:२०:०० मा प्रकाशित
लेखनाथ । लेखनाथ उद्योग बाणिज्य संघ नेपाल उद्योग बाणिज्य महासंघको ५५ औं बार्षिक साधारणमा गण्डकी प्रदेश अन्तरगतको ‟क” बर्गको उद्योग बाणिज्य संघका रुपमा सम्मानित भएको छ ।
महासंघको काठमाडौमा शनिवार भएको बार्षिक साधारण सभा तथा उद्योग बाणिज्य दिवसका अवसरमा प्रधानमन्त्री खड्गप्रसाद ओलीले लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकाललाई ‟क” वर्गको उत्कृष्टताको प्रमाण पत्र प्रदान गरी सम्मान गरेका हुन ।
वि.सं २०५४ सालमा स्थापना भएको लेखनाथ उद्योग बाणिज्य संघ विं सं २०५८ सालमा घ वर्गको उत्कृष्टता हात पारेको थियो भने वि.सं २०५९ देखि २०६१ सम्म ग वर्गको रुपमा पुरस्कृत हुँदै वि. सं २०६४ सालमा क वर्गको उद्योग बाणिज्य संघको स्थान कायम भएको यस संघले २०७५ सालमा पनि संघले नेपाल उद्योग वाणिज्य महासंघबाट नेपाल भरिका क वर्गका उद्योग वाणिज्य संघ मध्ये प्रथम स्थान हासिल गरेको थियो ।
लेखनाथ उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको चौथौ प्रदेश सभा तथा दोस्रो अधिवेशनबाट पनि गण्डकी प्रदेशबाट उत्कृष्ट संघबाट पुरस्कृत भई सम्मान पत्र र नगद पुरस्कार समेत प्राप्त गर्न सफल भएको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस