लेउवा संघ उद्योग बाणिज्य संघका रुपमा सम्मानित
- गाउँ सहर संवाददाता
- २९ चैत आइतबार, २०७७ | १९:२०:०० मा प्रकाशित

लेखनाथ । लेखनाथ उद्योग बाणिज्य संघ नेपाल उद्योग बाणिज्य महासंघको ५५ औं बार्षिक साधारणमा गण्डकी प्रदेश अन्तरगतको ‟क” बर्गको उद्योग बाणिज्य संघका रुपमा सम्मानित भएको छ ।
महासंघको काठमाडौमा शनिवार भएको बार्षिक साधारण सभा तथा उद्योग बाणिज्य दिवसका अवसरमा प्रधानमन्त्री खड्गप्रसाद ओलीले लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकाललाई ‟क” वर्गको उत्कृष्टताको प्रमाण पत्र प्रदान गरी सम्मान गरेका हुन ।
वि.सं २०५४ सालमा स्थापना भएको लेखनाथ उद्योग बाणिज्य संघ विं सं २०५८ सालमा घ वर्गको उत्कृष्टता हात पारेको थियो भने वि.सं २०५९ देखि २०६१ सम्म ग वर्गको रुपमा पुरस्कृत हुँदै वि. सं २०६४ सालमा क वर्गको उद्योग बाणिज्य संघको स्थान कायम भएको यस संघले २०७५ सालमा पनि संघले नेपाल उद्योग वाणिज्य महासंघबाट नेपाल भरिका क वर्गका उद्योग वाणिज्य संघ मध्ये प्रथम स्थान हासिल गरेको थियो ।
लेखनाथ उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको चौथौ प्रदेश सभा तथा दोस्रो अधिवेशनबाट पनि गण्डकी प्रदेशबाट उत्कृष्ट संघबाट पुरस्कृत भई सम्मान पत्र र नगद पुरस्कार समेत प्राप्त गर्न सफल भएको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस