अर्थतन्त्र
लगातार बढिरहेकाे सुन चाँदीकाे मूल्य शुक्रबार पनि बढ्याे
- गाउँ सहर संवाददाता
- २७ चैत शुक्रबार, २०७७ | १२:५८:०० मा प्रकाशित

काठमाडाैं । लगातार बढिरहेकाे सुन चाँदीकाे मूल्य शुक्रबार पनि बढेको छ । यस दिन सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेको छ ।
यस दिन छापावाला सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला ८९ हजार ४५० रुपैयाँमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।
अघिल्लाे दिन छापावाला सुन प्रतिताेला ८९ हजार र तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै शुक्रबार चाँदीको भाउ पनि बढेर १ हजार २८० रुपैयाँ पुगेको महासँघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस