पियुष जैनकाे घरमा छापा : २५७ करोडभन्दा बढी नगद, ठूलो परिमाणमा सुन चाँदी बरामद
- गाउँ सहर संवाददाता
- १२ पौष सोमबार, २०७८ | १५:४०:०० मा प्रकाशित

एजेन्सी । एक व्यापारीको घरबाट २५७ करोडभन्दा बढी नगद र ठूलो परिमाणमा सुन चाँदी बरामद गरिएकाे छ । भारतको कानपुरका अर्बपति अत्तर व्यापारी पियुष जैनको विभिन्न स्थानमा हालसम्म गरिएको छापामारीमा २५७ करोडभन्दा बढी नगद र ठूलो परिमाणमा सुन चाँदी बरामद गरिएकाे हाे ।
त्यससँगै धेरै महत्वपूर्ण कागजातहरू पनि फेला परेका छन् । ५० घण्टाभन्दा बढी लामो सोधपुछपछि आइतबार पक्राउ परेका पियुष जैनलाई सोधपुछका लागि काकादेव प्रहरी चौकीमा ल्याइएको थियो ।
पियुष जैनको परिसरमा हालसम्म गरिएको छापामारीमा २५७ करोड नगद, कयौं किलो सुन, १६ बहुमूल्य सम्पत्तिका कागजातहरू फेला परेकाे एजेन्सीले जनाएकाे छ । जसमा कानपुरमा ४, कन्नौजमा ७, मुम्बईमा २, दिल्लीमा १ सम्पत्ति रहेको समेत पत्ता लागेको छ । पियुष जैनले दुबईमा दुईवटा घर किनेका छन् ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेकाे एजेन्सीले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस