वैशाख १ गतेदेखि व्यक्तिगत घटना दर्ता अभियान
- गाउँ सहर संवाददाता
- २६ चैत बिहीबार, २०७७ | ०९:३७:०० मा प्रकाशित
काठमाडाैं । गृहमन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले वैशाख १ गतेदेखि व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन गर्ने भएको छ ।
१६ गतेसम्म अभियान सञ्चालन हुने विभागले जनाएको छ । विभागले जन्म, मृत्यु, बसाइँसराइ, सम्बन्ध विच्छेद र विवाह दर्ताको घटना दर्ता अभियान देशभर सञ्चालन गर्न लागेको हो ।
व्यक्तिगत घटना दर्ताको महत्त्व प्रचारप्रसार गर्ने उद्देश्यले वैशाख १ देखि ७ गतेसम्मलाई व्यक्तिगत घटना दर्ता सप्ताह मनाउन लागिएको विभागका महानिर्देशक जितेन्द्र बस्नेतले बताएका छन् ।
सरकारले २०८० साल अर्थात सन् २०२४ सम्ममा जन्मदर्ता शतप्रतिशत पुर्याउने र अरु व्यक्तिगत घटना दर्तामा उल्लेख्य वृद्धि गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई सहयोग पुर्याउन पनि अभियान सञ्चालन गर्न लागिएको विभागले जनाएको छ ।
अभियान सञ्चालनका लागि ७५३ पालिकाहरुमा नै सर्कुलर जारी गरिएको विभागले जनाएको छ । विभागले आफ्नो वडा अथवा पायक पर्ने शिविरमा गएर व्यक्तिगत घटना दर्ता गर्न आग्रहसमेत गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
प्रतिकृया दिनुहोस