यी हुन् कालाेसूचीमा परेका ११ निर्माण कम्पनी
- गाउँ सहर संवाददाता
- २४ चैत मंगलबार, २०७७ | ०९:१६:०० मा प्रकाशित

काठमाडौं । समयमा र गुणस्तरीय काम नगर्ने निर्माण कम्पनीहरू कालाेसूचीमा परेका छन् ।सरकारले ११ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगम कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा(१) बमोजिम एक वर्षका लागि कालो सूचीमा राखिएको जनाएको छ ।
कार्यालयका अनुसार ११ वटै कम्पनीलाई कालो सूचीमा राख्न सडक विभाग, सडक डिभिजन कार्यालय हेटौंडाले लेखी पठाएको र सोही अनुसार सोमबारको निर्णयले कालो सूचीमा राखिएको हो ।
कार्यालयले सूचना जारी गरी कालो सूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले एक वर्षसम्म कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने जानकारी गराएको छ ।
कालो सूचीमा परेका कम्पनीहरुमा हेटौंडाको हेटौंडा कन्स्ट्रक्सन, रौतहटको सरस्वती कन्स्ट्रक्सन, वीरगञ्जको अभय कन्स्ट्रक्सन, बाराको जन जागृती कन्स्ट्रक्सन, बाराकै विशाल कन्स्ट्रक्सन, मकवानपुरको विनायक कन्स्ट्रक्सन, मकवानपुरकै शर्मिला निर्माण सेवा, काठमाडौंको नयाँ युग निर्माण सेवा, पर्साको शिव निर्माण सेवा, मकवानपुरको आर. एर निर्माण सेवा र मकवानपुरकै बि.ब्रदर्श निर्माण सेवा रहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस