गाउँ सहर

यसकारण पक्राउ परिन् नेपाल राष्ट्र बैंककी निर्देशक

काठमाडौं । नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयकी एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंले नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिमाल रेग्मीलाई आइतबार पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए ।

शुष्माको आमाले उजुरी दिएको आरोपमा रेग्मीलाई पक्राउ गरेको हो । रेग्मीले आमा र उनको अपांग भएको दिदीको पैसा लिएर हेरचाह नगरेको आरोप छ ।

 

रेग्मीलाई जेष्ठ नागरिक ऐन अनुसार कारवाहीको प्रक्रिया प्रहरीले अगाडि बढाएको छ ।

अहिले उनी राष्ट्र बैंकमा रेग्मी २२ औं तहकी निर्देशक हुन् । उनी कर्पोरेट प्लानिङ एण्ड रिक्स म्यानेजमेन्ट विभागमा कार्यरत रहेकी छन् ।

गाउँ सहर संवाददाता