स्वास्थ्य

विश्वभर काेराेनाका ९५ हजार ८२३ बिरामीकाे अवस्था गम्भीर

काठमाडाैँ । विश्वभरमा काेराेनाका ९५ हजार ८२३ बिरामीकाे अवस्था गम्भीर छ । 

वर्ल्डाेमिटर्स डट इन्फाेकाेराेनाभाइरसकाे ताजा अपडेटनुसार भाइरसका कुल संक्रमितकाे संख्या १२ कराेड ८७ लाख ९४ हजार २६ पुग्दा स्वास्थ्य लाभ गर्नेकाे संख्या  १० कराेड ३९ लाख २० हजार ३४४ छ । यसमध्ये २८ लाख १५ ८४२ काे भने मृत्यु भएकाे छ । अन्य ९५ हजार ८२३ बिरामीकाे अवस्था गम्भीर छ ।

कोरोनाका कारण बढी प्रताडित पाँच मुलुकहरुमा अमेरिका, ब्राजिल, भारत, फ्रान्स र रसिया रहेका छन् ।

नेपाल अहिले इन्फोको ५० नम्बरमा छ । अहिलेसम्म भाइरसका कारण ३ हजार ३० जनाले ज्यान गुमाइसकेका छन् । देशमा अहिले सक्रिय संक्रमितको संख्या १ हजार ३९० छ ।

गाउँ सहर संवाददाता