६६० जना भन्सार एजेन्टको लाइसेन्सका लागि विज्ञापन खुल्याे (सूचनासहित)
- गाउँ सहर संवाददाता
- १६ चैत सोमबार, २०७७ | ०९:०२:०० मा प्रकाशित
काठमाडौं । अर्थ मन्त्रालय भन्सार विभागले करिब २० वर्षपछि भन्सार एजेन्टको लाइसेन्स वितरणका लागि विज्ञापन खाेलेकाे छ ।
साेमबार (आज) सार्वजनिक सूचना जारी गर्दै भन्सार एजेन्टको इजाजत लिन इच्छुक व्यक्तिका लागि अनलाइन दरखास्त आह्वान गरेको छ ।
लाइसेन्सका लागि आवश्यक न्युनतम योग्यतामा २१ वर्ष पूरा भएको नेपाली नागरिक हुनुपर्ने उल्लेख गरिएको छ । मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक वा सो सरह उत्तीर्ण गरी कम्प्युटर सम्बन्धी कम्तिमा तीन महिनाको आधारभूत तालिम लिएको हुनुपर्ने सूचनामा उल्लेख छ ।
दरखास्त वैशाख ५ गतेसम्म दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर वैशाख १२ गतेसम्म दरखास्त बुझाउनुपर्नेछ । परीक्षाको किसिम लिखित र अन्तर्वार्ता हुने सार्वजनिक सूचनामा उल्लेख गरिएको छ । परीक्षा केन्द्र काठमाडौं उपत्यकाभित्रमात्रै हुनेछ । दरखास्त दस्तुर तीनहजार रुपैयाँ तोकिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
प्रतिकृया दिनुहोस