त्रि–देशिय अन्तराष्ट्रिय फुटबल प्रतियोगिता आजबाट रंगशालामा, दर्शकका लागि मास्क अनिवार्य
- गाउँ सहर संवाददाता
- १० चैत मंगलबार, २०७७ | ०९:११:०० मा प्रकाशित
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा त्रि–देशिय अन्तराष्ट्रिय फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानले प्रतिस्पर्धा गर्ने छन् ।
त्रि–देशिय कपको उद्घाटन खेलमा आज बंगलादेश र किर्गिस्तानको यू-२३ टिम भिड्ने छन् । बंगलादेश र किर्गिस्तानबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
फुटबल प्रतियोगिता हेर्न दर्शकका लागि मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार बिज्ञप्ती जारी गर्दै त्रिदेशिय फुटबल हेर्न दर्शकलाई मास्क र सेनिटाइजर अनिवार्य गरेको हो ।
कोरोना भाइरसको महामारीको खतरा देखिएकाे उल्लेख गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार मास्कर र सेनिटाइजर अनिवार्य गरिएको एन्फाले जनाएको छ ।
प्रवक्ता किरण राईका अनुसार दर्शकका लागि तापक्रम नाप्ने, सेनिटाइजर अनिवार्य लगाउनुपर्ने, भौतिक तथा सामाजिक दुरी कायम गर्ने र मास्क अनिवार्य प्रयोग गर्ने सहितका मापदण्ड अनिवार्य गरेको छ ।
आजकाे खेलमा बंगलादेश र किर्गिस्तान दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । दुबै टिमका प्रशिक्षकले उपाधि जित्ने लक्ष्य रहेको बताईसकेका छन् ।
नेपालले भने पहिलो खेलमा बुधबार किर्गिस्तानसँग खेल्नेछ ।
दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ ।
राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।
फाइनल खेल चैत १६ गते हुनेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
प्रतिकृया दिनुहोस