नेकपा एमालेले १० औं राष्ट्रिय महाधिवेसनका लागि आयोजक कमिटी गठन
- गाउँ सहर संवाददाता
- ७ चैत शनिबार, २०७७ | १९:१३:०० मा प्रकाशित
काठमाडौं । नेकपा एमालेले १० औं राष्ट्रिय महाधिवेसनका लागि आयोजक कमिटी गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको केन्द्रीय कमिटी बैठकले अहिलेको केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरित गर्ने निर्णय लिएको हो ।
हाल विद्यमान २ सय ६४ सदस्यिय केन्द्रीय समितिलाई महाधिवेसन आयोजक समितिमा परिणत गर्ने निर्णय भएको एक नेताले जानकारी दिए ।
यसअघि बसेको केन्द्रीय समिति वैठकले १० औं राष्ट्रिय महाधिवेसन ३ देखि ६ मंसिरमा गर्ने निर्णय लिएको थियो । सोही बैठकले केन्द्रीय समिति विस्तार गरी २ सय ६४ सदस्यीय बनाएको थियो । आज बसिरहेको केन्द्रीय समिति बैठकले त्यसलाई महाधिवेसन आयाजक समितिमा परिणत गरेको हो ।
पार्टीको असन्तुष्ट माधव नेपाल पक्षले भने केन्द्रीय समिति विस्तार नमान्ने बताउँदै आएको थियो ।
२ सय ६४ जना केन्द्रीय सदस्य तथा पदाधिकारीको कार्यविभाजन गर्नका लागि विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको छ । जसमा टोपबहादुर रायमाझी र शंकर पोखरेल सदस्य छन् । कार्यदलले कार्यविभाजनका साथै संगठनलाई व्यवस्थित गर्ने प्रस्ताव तयार पार्ने जिम्मेवारी पाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
प्रतिकृया दिनुहोस