साइकडेस्क फाउन्डेसन र द स्कुल अफ साइकोलोजी नेपालले मनाेविमर्श तालिम दिने
- गाउँ सहर संवाददाता
- ४ चैत बुधबार, २०७७ | १६:०१:०० मा प्रकाशित

काठमाडौँ । साइकडेस्क फाउन्डेसन र द स्कुल अफ साइकोलोजी नेपालले ६ महिने ‘मनोसामाजिक मनोविमर्श तालिम’ शुरू गर्न लागेकाे छ ।
संस्थाले काठमाडौँमा मार्च २३ बाट सुरु गर्न लागेकाे चाैधाैँ समूहकाे तालिममा सेप्टेम्बर २३ सम्म चल्नेछ ।
संस्थाले सञ्चालन गरिरहेकाे एघाराैँ र बाह्राैं समूहको तालिम मार्च २२ मा समापन हुन लागेकाे छ । उक्त समूहमा २२ जनाकाे सहभागिता रहेकाे छ ।
संस्थाका अध्यक्ष एवम् प्रशिक्षक डा. नरेन्द्र सिंह ठगुन्नाले तालिममा सहभागिहरूलाइ मानव विकास र व्यवहार एवम् मनोसामजिक समस्या, विकासात्मक मनोविज्ञान, असामान्य मनोविज्ञानको अवधारणा, मनोसामजिक समस्या, मानसिक स्वास्थ्य, मनेविमर्शको अवधारणा, प्रक्रिया र चरण, नेपालमा मनसिक स्वास्थयको अवस्था, प्रकार, कारण, लक्षण र उपचार लगायत विभिन्न मनोविमर्शका सीपहरु एवम् घटना व्यवस्थापन, प्राथमिक मनोवैज्ञानिक उपचार र विशेष परिस्थितिमा देखिने मनोसामाजिक समस्याको व्यवस्थापनका बारेमा प्रशिक्षण दिइएको बताए । साथै काेभिड-१९ काे कारणले व्यक्तिहरूमा देखिने मानसिक स्वास्थ्य समस्या र त्यसकाे न्यूनिकरणका उपायहरूका बारेमा पनि जानकारी गराइएका थियाे । प्रशिक्षणको क्रममा श्रव्यदृश्यको प्रयोग गरिएको पनि डा. ठगुन्नाले बताए ।
सहायक प्रशिक्षीका ज्योत्स्ना डाँगीले ६ महिने यो तालिमले सहभागिमा व्यवहारीक मनोविमर्शका सीपहरु, विभिन्न समुदायमा गएर आफूले सिकेका सीपहरु व्यवहारमा उतारेकोले आउँदा दिनहरुमा प्रशिक्षार्थीहरुले आफ्नो कार्यक्षेत्रमा सहज रुपमा क्षमता प्रदर्शन गर्न सहयोग पुग्ने बताइन् ।
कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरुलाई अतिथि प्रशिक्षकको रुपमा निमन्त्रणा गरिने गरिएकाे डा. ठगुन्नाले बताए । प्रशिक्षण दिनका लागि नेपालिभत्रका विज्ञसहित भारत र बंगलादेशका मनाेविद्हरूले समूदाय मानसिक स्वास्थ्य, नेपालको परिपेक्षमा कस्ता प्रकारका समस्याहरु विद्यमान छन् र त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा पनि जानकारी दिइएकाे सहायक प्रशिक्षीका ज्योत्स्ना डाँगीले जानकारी दिइन् ।
तालिम प्राप्त मनोविमर्शकताहरुले आफ्नो व्यक्तिगत जीवनमा देखिएका विषम परिस्थितिहरुलाई सहज रुपमा समायोजन गर्ने साथै नेपालको मानसिक स्वास्थ्यको क्षेत्रमा जस्तै विद्यालय, पूर्नस्थापना केन्द्र, विभिन्न संघसंस्थाहरु, स्थानीय तह, स्वास्थ्य निकायहरुमा आफूले सिकेका सीपहरुको प्रयोग गर्न सक्ने प्रशिक्षकले बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्राप्त प्रतिक्रिया
....
प्रतिकृया दिनुहोस